समाचार

धादिङमा टिप्परको ठक्करबाट ३० वर्षीय श्रेष्ठको मृत्यु

road accident

काठमाडौं, असार २४ –

धादिङको धुनीबेंशी नगरपालिका–९ खत्रीपौवामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नौबीसेतर्फ आउँदै गरेको बा४ख ३१०४ नम्बरको टिप्परले ठक्कर दिँदा नागार्जुन नगरपालिका–३ काठमाडौंं निवासी ३० वर्षीय महेश श्रेष्ठको बुधवार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ ।  शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस