
काठमाडौं, असार २४ –
गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार थप कोरोना संक्रमित पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका ३ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १२९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस