
काठमाडौं, असार २४ –
पछिल्लो केही समययता अन्य जिल्लामा संक्रमण दर घट्दो छ भने उपत्यकामा बढीरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना र ललितपुरमा ७ जना गरी २३ जनामा कोरोना संक्रमित थपिएका हुन् । हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् ।
उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस