समाचार

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

bead body tag

गुल्मी, असार २६ –

गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माका अनुसार शुक्रबार बिहान घर नजिकै रहेको खेतमा पानी लगाउन बनाइएको कुलो सफा गर्ने क्रममा माथिबाट झरेको पहिरोले च्यापेर मृत्यु भएको हो ।

श्रीमतीसहित कुलो सफा गर्न गएका श्रीसको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । श्रीसको मृत्यु भए पनि उनकी श्रीमती भने सकुशल रहेको शर्माले जानकारी दिए ।

मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको शर्माले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस