समाचार

मकवानपुरमा लागूऔषध सहित ३ जना पक्राउ

arrest

काठमाडौं, असार २६ –

मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस