समाचार

डोटीमा पहिरोले जीप पुरियो, चालक घाइते

doti jeep

डोटी, असार २६ –

डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५, रामन्वाला जाजरमा पहिरोमा पुरिएर जीप दुर्घटनाग्रस्त बनेको छ । बिहीवार राति गाउँपालिकाबाट दिपायल जाँदै गरेको से १ च २१२५ नम्बरको जीप पहिरोमा पुरिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले जिप पुरिएको हो ।

घटनामा चालक योगेन्द्र साउँद घाइते भएका छन् । उनको डोटी राजपुरस्थित सु-जङ्ग अस्पतालमा उपचार भइरहेको गाडीधनी योगेन्द्र भण्डारीले जानकारी दिए । जीपमा चालक एक्लै थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस