समाचार

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

flood myagdi pool

पोखरा, असार २६ –

लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए ।

पहिरोले धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना गरी ३१ जना बेपत्ता भएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस