समाचार

बिना रकमको खाताको चेक दिएर लाखाैं ठगी, दुई जना पक्राउ

banking kasur

काठमाडौं, असार २६ –

खातामा रकम नभएको चेक दिएर १६ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौँ–१४ निवासी ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्याएर पारि विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज दुवैलाई  बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ साल फागुन  १८ गतेको फैसलालेचित्रकारलाई  तीन दिन कैद र  छ लाख पचास हजार रुपैया जरिवाना  हुने ठहर भएको थियो । फैसलापछि फरार रहेकी चित्रकारलाई गत असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनको लागि सोही दिन सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको  ।

त्यसैगरी, उच्च अदालत पाटनबाटै २०७६ माघ १४ मा सात दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा फरार रहेका कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले आज रविभवनमा फेला पारी पक्राउ गरेको छ । उनलाई पनि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *