समाचार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ४२ जना कोरोना संक्रमित

covid 19 test positive

काठमाडौं, असार २६ –

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १५, भक्तपुरका १ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १२ जनामा संक्रमण पुष्टि भएको छ। देशभरिमा ११८ जना संक्रमित भएमध्ये काठमाडौँमा ४२ जना थप संक्रमित भेटिएका हुन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस