समाचार

भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा सरकारको धन्यवाद

ministry of information

काठमाडौं, असार २६ –

नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने निर्णय गरेकोमा च्यानल वितरकलाई सरकारले धन्यवाद दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो ।

शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस