
काठमाडौं, असार २६ –
नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा बजारमा पाइनेछ ।
मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै छ । मूल्य समायोजन भएसँगै निगमको १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको छ ।
यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । जसअनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस