
काठमाडौं, असार २६ –
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि प्रसारण हुनेछ ।
केहि दिनयता देशका बिभिन्न जिल्लामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा दर्जनौं मानिसहरुको ज्यान गएको छ ।
पार्टीको अध्यक्ष समेत रहेका उनको राजीनामा माग भएका कारण पार्टी नेतृत्वमा तीब्र विवाद भई स्थायी कमिटीको बैठकसमेत पटक पटक स्थगित भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस