विश्व/प्रवास

जीन्यूजले नेपालीसँग माफी माग्यो

zeenews realize

काठमाडौं, असार २६ –

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको छ ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘भारत र नेपालको सम्बन्ध सदैव मैत्रीपूर्ण रहेको छ । यी देशको सम्बन्ध सांस्कृतिक, राजनैतिक तथा ऐतिहासिक रुपमा बलियो छ । हामी नेपाली जनताको भावनाको आदार गर्छौं । हाम्रो च्यानलमा त्रुटीले प्रशारित कार्यक्रम ओलीको इस्कियाबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस