बलिउड / हलिउड

नेपाली नायिका मरिष्काको हिन्दी फिल्म ‘यारा’को टिजर सार्वजनिक (भिडियो)

yaara

काठमाडौं, असार २७ –

नेपाली कलाकार मरिष्का पोखरेलको अभिनय रहेको हिन्दी फिल्म ‘यारा’ को टिजर सार्वजनिक गरिएको छ । नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको ट्रेलरका भक्तपुर दरबार स्क्वायरका क्षेत्रका दृश्यहरु देखाइएको छ ।

आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि मरिष्काले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेकी छिन ।

मरिष्काले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन । उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गरेकी छिन ।

जुलाई ३० मा यो फिल्म जी ५ बाट रिलिज हुनेछ। फिल्ममा मरिष्कासँगै विदयुत जामवाल लगायतको अभिनय रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस