समाचार

म्याग्दीमा १२ जनाको शव भेटियो, २२ जना अझै बेपत्ता

flood myagdi pool

पोखरा, असार २७ –

म्याग्दीमा शुक्रबारको बाढी–पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये आज (शनिबार) बिहानसम्म १२ जनाको शव भेटिएको छ । २२ जना भने अझै हराइरहेका छन् ।

बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो ।

धौलागिरी गाउँपालिका ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो । आज थप नौ जनाको शव फेला परेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस