महेन्द्रनगर, साउन १७ –
कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खातीको हत्या गरिएको बताउँदै उनका ६२ वर्षीय श्रीमानलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।
गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस