
काठमाडौं, साउन १७ –
कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा पुगेको छ ।
मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल मात्र रहेका छन् । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म ४६ हजार ६ सय ८८ जनाको कोरोना भाइरस कै कारण मृत्यु भइसकेको छ ।
शुक्रबार मात्रै मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ८ हजार ४ सय ५८ नयाँ संक्रमित दर्ता गरेको छ । हालसम्म मेक्सिकोमा ४ लाख २४ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
मेक्सिको सरकारले कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या यो तथ्याङ्कभन्दा बढि हुन सक्नेसमेत बताएको छ ।
प्रतिक्रिया दिनुहोस