समाचार

सभामुख सापकोटाको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

covid 19 test positive

काठमाडौं, साउन १७ –

सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनीहरुलाई संक्रमण पुष्टि भएलगत्तै रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा एक जनामा कोरोना पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *