समाचार

इलाममा एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

covid 19

विराटनगर, साउन १७ –

इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सशस्त्र प्रहरी गण, इलामका १७ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

४० जना सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।

कोरोनाको संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारका लागि मोरङ गोठगाउँको कोरोना अस्पताल पठाउने तयारी भइरहेको एसपी थापाले बताए । योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस