
विराटनगर, साउन १७ –
श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कार्यालयकै कर्मचारीले कुटपिट गरेका छन् ।
ड्युटीको विषयमा कुरा नमिल्दा दुई जना महिला कर्मचारीले विहान ११ बजेतिर कार्यकक्षमै उपसचिव सञ्जेललाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उपसचिव सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार भएको थियो । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
सञ्जेलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले कार्यालयका सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना करारका कर्मचारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस