समाचार

बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा जारी

jilla prasasan banke

बाँके, साउन १८ –

कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ  ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिए ।

बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । बिहीबार मात्र बाँकेमा ११ कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस