
मोरङ, साउन १९ –
मोरङमा थप १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार थप कोरोना संक्रमित ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका प्रहरीहरु र विराटनगर महानगरपालिका वडा नम्बर ७ का ३०, ३६, २५ र ४५ वर्षका पुरुष, वडा नम्बर–६ का २४ वर्षीय पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस