समाचार

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

melamchi pahiro

काठमाडौं, साउन १९ –

सिन्धुपाल्चोकमा छुट्टाछुट्टै दुई स्थानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो । शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए ।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो । शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए ।

यसैबीच, पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाल जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस