समाचार

ओली-दाहाल आज पनि वार्तामा, खनाल र नेम्वाङमा पनि सहभागी

kp oli prachanda

काठमाडौं, साउन १९ –

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सवा ९ बजेबाट सुरू भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीमा देखिएको विवादका सम्बन्धमा निकास दिने प्रयास स्वरुप आज उनीहरुबीच छलफल भइरहेको हो । यस अघि आइतबार पनि छलफल भएकोमा कुनै निष्कर्ष निस्किन भने सकेन ।

साउन १३ गते स्थायी समिति बैठक स्थगित भए यता दुई अध्यक्षबीच कुनै भेटवार्ता भएको थिएन । अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरे पनि प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *