पाँचथर, साउन १९ –
भीरबाट झरेको ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका ११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठ रहेका छन् । सेजेपाको भीरबाट झरेको ढुंगा श्रेष्ठको टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।
श्रेष्ठको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ । वृद्धाभत्ता बुझ्न आइतबार श्रीमतीसँग फिदिम आएका श्रेष्ठ घर फर्कने क्रममा साँझ परेपछि आफन्तकोमा बास बसेका थिए । बिहान सबेरै उठेर घर जाने क्रममा भीरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस