समाचार

रौतहटमा ज्वरो र रुघाखोकी लागेर विरामी परेका वडाध्यक्षको मृत्यु

Devendra thakur rautahat

रौतहट, साउन १९ –

रौतहटमा एकजना वडाध्यक्षको मृत्यु भएको छ । ईशनाथ नगरपालिका वडा नम्बर-५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको आइतबार राति मृत्यु भएको हो ।

दुई सातादेखि ज्वरो आउनुका साथै रुघा र खोकी लागेर बिरामी भएका ठाकुरलाई उपचारका लागि आइतबार राति गौरस्थित एक निजी क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख महेश साहले बताए ।

तीन दिनअघि कोरोना संक्रमणको आशंकामा उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि स्वाब संकलन पश्चात सोमबार नै उनको अन्त्येष्टि गरिएको साहले बताए ।

उनमा कोरोनाको लक्षण देखिएकाले परिवारको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *