समाचार

दार्चुलामा ज्वरो आएर अस्पताल भर्ना भएका युवकको मृत्यु

bead body tag

कैलाली, साउन १९ –

जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक युवकको मृत्यु भएको छ । दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

श्वास फेर्न गाह्रो भएको र ज्वरो आएपछि उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस