
काठमाडौं, साउन १९ –
मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पाइएको छ । दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडीत दवै नेपाली भएको जनाएको छ ।
उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो । कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन् । उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन् ।
‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,’ दूतावासले भनेको छ। दूतावासका अनुसार पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएका छन् । घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस