समाचार

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

covid 19 swab test

काठमाडौं, साउन १९ –

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना,  कञ्चनपुरका २ जना रहेका छन् ।  त्यसैगरी कञ्चनपुरकै  थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म सो अस्पतालमा १७ हजार ६९६ जनाको कोरोना परीक्षण भएकोमा १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस