
काठमाडौं, साउन १९ –
नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस