समाचार

अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनेर ठगी गर्ने अमेरिकन नागरिक पक्राउ

deniyal le

काठमाडौं, साउन १९ –

अमेरिकामा कम्पनी दर्ता गरिदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई राजधानीबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने अमेरिकी नागरिक नर्थ लसभेगास स्थायी ठेगाना भएका डेनियल लि म्यागी रहेका छन् । महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको क्षेत्रपाटीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले भक्तपुर सूर्यविनायकका टुकनारायण श्रेष्ठको अल्टास सेक्युरेटी प्रालिलाई अमेरिकामा समेत दर्ता गरिदिन्छु भनेर १० लाख रकम ठगी गरेको महाशाखाले जनाएको छ।

साथै उनले सुजन थापा र सन्दीप कार्कीलाई समेत बिजनेश भिषामा अमेरिका लान्छु भनेर ५ लाख ठगी गर्ने प्रयास गरेको पाइएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस