चितवन , साउन २० –
चितवनमा होम क्वारेन्टाइनमा बसिरहेका एक युवकको गएराति मृत्यु भएको छ ।
खैरहनी ६ स्थित केसि बोरा उद्योगमा काम गर्न आएका ३५ वर्षीय पुरुषको सोमबारराती मृत्यु भएको हो । बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।
कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गर्न थालिएको छ। कोरोना परीक्षणपछि मात्रै उनको अन्त्यष्टि गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस