समाचार

सरकारी कार्यालयमा बम विस्फोट गराउने प्रतिवादी पक्राउ

kehab

बाँके, साउन २० –

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न सरकारी कार्यालयमा बम विस्फोट गराउने फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मालपोत कार्यालय, भूमी सुधार कार्यालय, र गनापुरस्थित एक उद्योगमा बम बिस्फोटको घटनामा फरार प्रतिवादी डुडुवा गाउँपालिका वडा नम्बर ६ का केशव राँढलाई प्रहरीले पक्राउ गरेको हो ।

राँढ बिगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न अपराधमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिबादी राँढमाथि २०६८ चैत ६ गते साविक गनापुर–९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्री, २०६८ मंसिर १४ गते भूमीसुधार कार्यालय र २०६८ मंसिर १४ गते नै मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएको घटनामा संलग्न भएको मुद्दामा अदालतबाट तीन वटै घटनामा ६/६ महिना कैद र ५/५ हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस