
कैलाली, साउन २० –
सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ८ महिने शिशु तथा ३ र ५ वर्षीया बालिका छन् । त्यस्तै ७ जना महिला र २६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
उनीहरू मध्ये अछामका ११ जना, कैलालीका २१ जना र कञ्चनपुरका एकजना छन् ।
प्रतिक्रिया दिनुहोस