समाचार

दुई साता लकडाउन गर्न बिज्ञहरूको प्रधानमन्त्रीलाई सुझाव

Cabinet Meeting of Nepal

काठमाडौं, साउन २० –

स्वास्थ्य विज्ञहरुले दुई साता लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बालुवाटारमा मंगलबार भएको छलफलमा उनीहरुले कोरोनाभाइरस संक्रमण बढेकाले दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

आजको छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थित थिए । आगामी दिनमा कोरोना अझ भयावह हुन सक्ने भन्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस