
बाँके, साउन २० –
नेपाल–भारत सीमानाका जोडिएको बाँके जिल्लामा कोरोना संक्रमित थपिँदै गएपछि जारी निषेधाज्ञा चार दिन बढाइएको छ ।
अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाँके जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को मंगलबार बसेको बैठकले २४ साउनसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस