समाचार

आज मध्यरातदेखि धरानमा सात दिन लकडाउन

dharan

धरान, साउन २१ –

धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ ।

आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।

धरानमा समुदाय स्तरमानै कोरोनाको संक्रमण फैलिएका कारण आजबाट साउन २८ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको उपमेयर सुवेदीले बताइन् । लकडाउनको अवधिभर बजार, पसल, र यातायातका साधन पूर्ण रुपमा बन्द गर्ने र सर्बसाधारणलाई हिडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

औषधि पसल र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन हुने बताइएको छ । पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस