
काठमाडौं, साउन २१ –
काेराेना भाइरसका कारण विश्वभर मृत्यु हुनेकाे संख्या ७ लाख नाघेकाे छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पछिल्लो दुई साताको तथ्यांकलाई आधार मानेर यो तथ्यांक निकालेको हो । यसको अर्थ औसतमा एक घण्टामा २४६ जनाको कोरोना भाइरसको कारण मृत्यु हुन्छ । अर्थात् प्रत्येक १५ सेकेण्डमा एक जनाको कोरोना भाइरसको कारण मृत्यु हुने गरेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण सात लाख ६८३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा एक लाख ५६ हजारभन्दा धेरेको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ । मेक्सिकोमा पनि ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
अहिले अमेरिका र ल्याटिन अमेरिका कोरोना भाइरसको महामारीको केन्द्र बन्न पुगेका छन् । यी क्षेत्रहरु कोरोना भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।
स्रोत : अलजजिरा