समाचार

बलात्कारको आरोपमा वडासचिव पक्राउ

rape

टीकापुर, साउन २१ –

भजनी नगरपालिका-४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा १८ साउनमा एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै चौधरीविरुद्ध उजुरी दिएपछि ती वडा सचिवलाई आज भजनी नगरपालिका-४ खैलाडबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

वडाध्यक्ष जन्ताराम चौधरीले वडासचिव  र उक्त महिलाबीच पुरानो सम्बन्ध रहेको पाइएको बताए । सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएकाे हुन सक्ने उनले बताए ।

महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस