काठमाडौं, साउन २१ –
नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस