राजनीति

सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण

rewati panta

वीरगञ्ज, साउन २१ –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएकोछ । उनले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।

‘तीन–चार दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराएँ। पीसीआर टेस्ट गर्दा कोभिड पोजिटिभ देखियो ।’

यसबीच कुनै सभा समारोह नभए पनि कामका क्रममा नियमित भेटघाट र छलफल भने जारी रहेकाले आफूसँग सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परीक्षण गराउन अध्यक्ष पन्तले आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस