
काठमाडौं, साउन २१ –
नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् ।
साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए । यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।