
काठमाडौं, साउन २१ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो । बैठक बिहीबार बिहान बस्ने तय भएको समेत उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस