
तनहुँ, साउन २१ –
जिल्लाको व्यास नगरपालिका वडा नं १ भादगाँउमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मुत्यु भएको छ ।
व्यास नगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
प्रतिक्रिया दिनुहोस