
काठमाडौं, साउन २१ –
कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको भएको हो । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । उनी १६ गते मनमोहन अस्पतालबाट सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस