समाचार

भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा रोक

Sanga naka bhaktapur

काठमाडौं, साउन २१ –

सरकारले भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर भोलिदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोना संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको उनले बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा जोर विजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस