समाचार

जोरबिजोर प्रणालीः आज जोर नम्बरका सवारी चलाउन पाईने

kathmandu check point

काठमाडौं, साउन २२ –

सरकारले आजबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौं उपत्यका र दुईसय भन्दा बढी संक्रमित भएको जिल्लामा यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।

जोर बिजोर प्रणाली गतेको आधारमा लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्र बहादुर बुढाले जानकारी दिए । आज साउन २२ गते । गतेको आधारमा आज जोर नम्बरका सवारी मात्र चल्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

कालो नम्बर प्लेट र रातो नम्बर प्लेट भएका सवै प्रकारका सवारीमा जोर बिजोर लागू भएको छ । अत्यावश्यक सेवाका सवारी साधानहरुमा जोर बिजोर लागु हुँदैन । सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर लागु हुँदैन ।

झन्डै आधा सवारी साधनको सङ्ख्या कम हुँदा काठमाडौंको उपत्यकाभित्रका सडक खाली खाली देखिएका छ। सामान्य दिनमा १० लाख सवारी साधन उपत्यकाभित्र गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस