समाचार

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

chituwa-attact

तनहुँ, साउन २२ –

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । प्राय घटना साँझको समयमा हुने गरेकाले अभिभावक नै सचेत रहन जरुरी देखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

तनहुँमा चितुवाको आक्रमणमा परी दुई वर्षको अवधिमा दश बालबालिकाको ज्यान गएकाे छ भने आठ जना घाइते भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस