विश्व/प्रवास

भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण

covid 19 india dead body

काठमाडौं, साउन २२ –

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १३ लाख २८ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ५ सय १ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९ सय ४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ६ सय ९९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस