विराटनगर, साउन २२ –
प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोसी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर २, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिमा कोरोना देखिएको छ ।
संक्रमितहरू ८ पुरुष र ५ महिला छन् । योसँगै विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ८३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस